हङकङको चुनमुनमा गोली चलेको छ। चक्कु बोकेको एक व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।
चुनमुन टाउननजिकै चुन हाई रोडमा चक्कुसहित देखा परेका उनलाई बिहीबार साँझ ७ बजे नियन्त्रणमा लिइएको हो।
व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड गोली चलेको थियो। त्यसपछि उनलाई चुनमुन अस्पताल लगिएको थियो। प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख भएअनुसार उनलाई बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो।
एक प्रहरी प्रवक्ताले तुएन मुन अस्पताल लगिँदा उक्त व्यक्ति बेहोस भएको बताएका छन्।
अनलाइन प्रसारित भिडिओमा, लगातार दुई राउन्ड गोली चलेपछि बटुवाहरूको भागाभाग भएको देखिन्छ।
177
Shares

प्रतिक्रिया