हङकङको पदमार्गले हप्ता दिनमै दुई वियोगान्त भोगेको छ। गत आइतबार मुख्यभूमि चीनको सिमानामा रहेको रोबिन्स नेस्ट कन्ट्री ट्रेलमा एक पदयात्रीको लडेर मृत्यु भएको थियो भने त्यसको ठ्याक्कै हप्ता दिनपछि हिजो अर्का पैदलयात्रीको पनि मृत्यु भएको छ।
यी दुवै घटनामा मृत्युको कारण भने एउटै हुन पुगेको छ– लड्नु। हिजो हङकङ टापुमा दुर्घटना भएको हो।
आइतबार दिउँसो सवा २ बजे सिउमा सानको पार्कर एभिन्यु नजिकै हङकङमा ट्रेलमा पुरुष पैदलयात्री लडेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धार गरी सरकारी हेलिकप्टरबाट चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पताल पुर्याइएका उनलाई अन्तत: अस्पतालले मृत घोषित गर्यो।
५० किलोमिटरको यो ट्रेल भिक्टोरिया पिकबाट हङकङ टापुको बिग वेभ बेसम्म छ। यसमा विभिन्न आठ खण्ड छन्।
48
Shares

प्रतिक्रिया