दीपमालालाई ‘मिस नेपाल हङकङ २०२६’ को ताज

दीपमालालाई ‘मिस नेपाल हङकङ २०२६’ को ताज

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १५:४२, हङकङ

मिस नेपाल हङकङ इन्टरनेसनल २०२६ को ताज दीपमाला खरेल ढकालले पहिरिएकी छन्। यो सँगै उनी पहिलो मिस नेपाल हङकङ इन्टरनेसनल बन्न पुगेकी छन्।

हङकङमा बिहीबार भएको कार्यक्रम इटन होटलमा भएको थियो। मिस नेपाल द हिडन ट्रेजरसँगको सहकार्यमा भएको कार्यक्रमलाई हङकङ नेपाली महासंघ, एनआरएनए र फिनेले सहयोग गरेका थिए।

क्राउन पार्टनर काजल नैना रहेको कार्यक्रममा मार्केटिङ पार्टनर ‘कोलाबको डट आईओ’ र ब्युटी पार्टनर ‘ग्ल्यामविददिपा’ रहेका थिए।

‘ग्रान्ड कोरोनेसन’ समारोहमा नाम दिइएको कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्माकुमारी केसीले ढकाललाई ताज पहिराइदिएकी थिइन्।

प्रतियोगितामा गरिमा, विश्वसनीयता र निष्पक्षतालाई आधार मानिएको आयोजकले जनाएको छ।

मिस नेपाल हङकङको ताज पहिरिएसँगै अब दीपमालाले २०२६ मा आयोजना हुने मिस नेपालमा प्रतिस्पर्धा गर्न पाउने छिन्।

हङकङमै जन्मे हुर्केकी दीपमालाले हङकङ युनिभर्सिटीबाट ब्याचलर्स पूरा गरेकी छन्। फाइनान्ससम्बन्धी अध्ययन गरेकी उनी ब्ल्याक रकमा आबद्ध छिन्।

दीपमाला २०२४ एचकेएसएआर डाइभर्सिटी लिस्ट अवार्ड विजेता, संयुक्त राष्ट्र मिलेनियम फेलो  हुन्। ५ वटा भाषामा निपुण दीपमालाले तीन वटा त च्याम्पियनसिप उपाधि नै जितेकी छन्। उनी क्यान्सर अस्पतालको गुड वेल ब्रान्ड एम्बेसडर पनि नियुक्त भएकी छन्।

राजा महेन्द्रको पालाका उपअर्थमन्त्री रत्नप्रसाद खरेलकी नातिनी दीपमाला नेपाली विषयवस्तु र समुदायप्रति चासो राख्ने पहिलो पुस्ताकी नेपाली हङकङेली हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .