हङकङ अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। न्यु टेरिटोरिजबाट विमानस्थलतर्फको रुटमा गुडिरहेको ट्याक्सी उत्तरी लान्ताउ राजमार्गमा पार्क गरिराखेको गाडीमा ठोकिएको हो।
दुर्घटनामा २७ वर्षीय यात्रुको ज्यान गएको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ। राजमार्ग मर्मतका क्रममा पार्क गरिएको स्याडो (छायाँ) गाडीसँग ट्याक्सी ठोकिएपछि यात्रु बाहिर उछिट्टिएका थिए। उनले सिटबेल्ट नलगाएको भेटिएको छ।
स्याडो गाडी भनेको राजमार्ग विभागले लेन बन्द गर्ने, नाली खाली गर्ने र आपत्कालीन मर्मत जस्ता मोबाइल सडक सञ्चालनको समयमा कामदारहरूलाई जोगाउन प्रयोग गर्ने हेवी-ड्युटी ट्रक हो।
मर्मतसम्भार द्रुत लेनमा भइरहेकोले स्याडो गाडीलाई पनि द्रुत लेनमा पार्क गरिएको थियो। यो ख्याल नगरी ट्याक्सी हुइँक्याएका चालकले समयमै ब्रेक लगाउन नसक्दा ट्याक्सी गाडीमा ठोकिन पुग्यो।
Shares

प्रतिक्रिया