हङकङ : आवासीय क्षेत्रमा जंगली बँदेल पस्दा ४ जना घाइते

हङकङ : आवासीय क्षेत्रमा जंगली बँदेल पस्दा ४ जना घाइते

वुकाई शा स्टेसन नजिकैको डबल कोभ प्लेस सपिङ मलमा जंगली बँदेल (थ्रेड्स/टेरीयु)


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार १९:३०, हङकङ

शुक्रबार हङकङको एमटीआर स्टेसन र आवासीय क्षेत्रमा बँदेल पस्दा चार जना घाइते भएका छन्। जसमध्ये ६८ वर्षीया वृद्ध महिलालाई बँदेलले टोकेको र अन्य तीन जनालाई भाग्ने क्रममा खुट्टामा चोट लागेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

भाग्दा घाइते हुनेहरूमा ४५ देखि ८७ वर्ष उमेरका दुई पुरुष र एक महिला छन्। घाइते चारै जनालाई सातिन स्थित प्रिन्स अफ वेल्स अस्पताल लगिएको थियो।

बँदेल एमटीआर स्टेसनभित्र छिरेको बारे एमीटीआर कर्पोरेसनले पनि पुष्टि गरेको छ। साँझ ५ बजे वुकाइ शा स्टेसन कन्कोर्समा जंगली बँदेल प्रवेश गरेको आफूले देखेको कर्पोरेसनका एक कर्मचारीले बताएका छन्। ती कर्मचारी उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘परिसरबाट भाग्ने क्रममा बँदेलले एक यात्रुलाई ठक्कर दिएको थियो।’

बँदेल स्टेसनभित्र पसेपछि एमटीआरका कर्मचारीले प्रहरी र कृषि, मत्स्यपालन तथा संरक्षण विभागलाई जानकारी गराएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .