हङकङको क्याथे प्यासिफिक एयरवेजले मध्यपूर्वका सबै उडानको निलम्बन अप्रिलको अन्त्यसम्मलाई थप गरेको छ।
इरानमा अमेरिका-इजरायल संयुक्त आक्रमणपछि पहिलो पटक २८ फेब्रुअरीमा मध्यपूर्वको उडान निलम्बन गरेको क्याथेले त्यहाँको परिस्थितिको आकलन गर्दै पटक-पटक अवधि लम्ब्याएको छ।
एयरलाइन्सले बुधबार एक विज्ञप्तिमार्फत जानकारी गराएअनुसार अब संयुक्त अरब इमिरेट्सको दुबई र सायदी अरेबियाको रियादबीचका उडान अर्को महिनाको अन्त्यसम्म हुने छैनन्।
‘हामी परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ,’ क्याथेले विज्ञप्तिमा भनेको छ, ‘हाम्रा ग्राहक र मानिसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुने भएकाले आगामी दिनमा परिस्थिति हेरेर उडान तालिकामा परिवर्तन आवश्यक पर्न सक्छ।’
यसका साथै, मे ३१ सम्म हङकङ र दुई खाडी सहरबीच यात्राका लागि बुक गरिएका टिकटमा सामान्य प्रशासनिक शुल्कविना नै टिकट पुन: बुक, पुन: रुट वा फिर्ता गर्न सकिने समेत एयरलाइन्सले जनाएको छ।
Shares

प्रतिक्रिया