हङकङमा बुधबार संक्रमित बनेका वृद्धाका श्रीमानमा बिहीबार कोरोना पुष्टि

हङकङमा बुधबार संक्रमित बनेका वृद्धाका श्रीमानमा बिहीबार कोरोना पुष्टि

नेपालखबर
जेठ १, २०७७ बिहिबार १२:४५,

६२ वर्षका व्यक्ति कोरोना संक्रमित बनेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बुधबार एक वृद्धा र उनका नातिनी कोरोना संक्रमित बनेका थिए। नयाँ संक्रमित वृद्धाकै श्रीमान भएको सेन्टर फर हेल्थ प्रोटेक्सनले बिहीबार जनाएको छ।

२२ दिनपछि हङकङमा पहिलोपटक बुधबार स्थानीयबाट स्थानीयमा कोरोनाको संक्रमण भएको थियो। बिहीबारको संक्रमण पनि स्थानीयबाट स्थानीयमा भएकोे हो।

बिहीबार संक्रमित बनेका व्यक्तिमा कोरोना भाइरसको लक्षण भने नदेखिएको जनाइएको छ। यी परिवार अपार्टमेन्टमा बस्दै आएका थिए।

यतिबेला सरकारले अपार्टमेन्टमा बस्ने सबै ८ सय ६० जनाको कोरोना परीक्षण थाल्ने योजना बनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .