हङकङको व्यस्त सडकमा बच्चाले कार चलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चुनमुन सामुदायिक समूह नामक सञ्जालमा पोस्ट गरिएको उक्त भिडिओमा एक व्यक्तिले आफ्नो काखमा रहेको बच्चालाई कार चलाउन दिएको देखिएको छ। चालकको काखामा बसेर बच्चाले १ मिनेटभन्दा बढी समयसम्म स्टेयरिङमा पहुँच राखेका थिए।
उक्त दृश्यका सम्बन्धमा सञ्जालमा प्रतिक्रियाहरू आएपछि प्रहरीले कार चालकलाई ट्र्याक गरेको थियो। यसै क्रममा भिडिओ बाहिरिएको भोलिपल्ट २२ वर्षीय युवक पक्राउ परेको प्रहरीले जनाएको हो।
उनलाई हाल हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले उक्त व्यक्तिसँग बच्चाको सम्बन्ध खुलासा गरेको छैन।
129
Shares

प्रतिक्रिया