हङकङ : सार्वजनिक स्थलमा भेप बोक्नेलाई हुनेछ अब यस्तो कारबाही

हङकङ : सार्वजनिक स्थलमा भेप बोक्नेलाई हुनेछ अब यस्तो कारबाही

नेपालखबर
चैत १९, २०८२ बिहिबार १७:३८, हङकङ

हङकङका सार्वजनिक स्थानमा भेप बोकेमा दुई थरीको जरिवाना हुने भएको छ। ३० अप्रिलदेखि लागु हुने उक्त कारवाहीमा कम मात्रामा बोकेको भेटिएमा तीन हजार हङकङ डलर जरिवाना र पाँचभन्दा बढी भेप पोड वा १०० हिट स्टिक बोकेको फेला परेमा अधिकतम ५० हजार हङकङ डलर जरिवाना तथा ६ महिनासम्मको जेल सजाय हुनेछ।

अधिकारीहरूका अनुसार संशोधित सुर्तीजन्य पदार्थ नियन्त्रण कानुनमा उक्त व्यवस्था गरिएको हो। सुरुमा सार्वजनिक स्थानबाट सुरु गरिएको प्रतिबन्ध विस्तार विस्तार अन्य स्थानमा पनि लागु हुने छन्।

‘निजी निवासहरूमा उत्पादन प्रतिबन्ध लगाउने कार्यान्वयन चुनौतीका कारण सरकारले सार्वजनिक स्थानबाट सुरु गरी चरणबद्ध रूपमा अन्य स्थानमा पनि प्रतिबन्ध लागु गर्ने निर्णय गरेको छ,’ सुर्तीजन्य तथा मदिरा नियन्त्रण कार्यालयका प्रमुख डा. म्यानी लामले बिहीबार भने।

पहिलो चरणको कार्यक्रमको सफलता हेरेर दोस्रो चरणका बारेमा विचार गरिने लामले बताए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .