यस वर्षको इस्टर बिदामा हङकङका सिनेमाले गत वर्षको यही बिदा अवधिको भन्दा दोब्बर कमाइ गरेका छन्। २०२५ को इस्टर बिदामा १२.७५ मिलियन हङकङ डलर कमाएको सिनेमा बक्स अफिसले यस वर्ष २५.९३ मिलियन हङकङ डलर कमाएको हो।
पछिल्लो समय धमाधम सिनेमाघर बन्द भइरहेको हङकङमा यो व्यापारले आशा जगाएको सरोकारवालाहरूले प्रतिक्रिया दिएका छन्।
‘केही फिल्मले मानिसलाई सिनेमाघर जान आकर्षित गरे, जसले बजारलाई उत्तेजित गर्न र बक्स अफिस वृद्धिलाई अगाडि बढाउने आशा छ,’ हङकङ बक्स अफिस लिमिटेडले भनेको छ।
यस वर्षको इस्टर बिदा गत वर्षको भन्दा एक दिन लामो थियो। साथै, शनिबार र सोमबारका बीच चीनको तीन दिने चिङमिङ महोत्सव पनि ओभरल्याप भएको थियो।
कुन फिल्मले कति कमाए?
गुड फ्राइडेदेखि सोमबारसम्म सबैभन्दा धेरै कमाउने फिल्म एनिमेटेड फिल्म द सुपर मारियो ग्यालेक्सी मुभी थियो, जसले चार दिनमा १३.१९ मिलियन हङकङ डलर र अप्रिल १ देखि अप्रिल ७ को बीचमा कुल हङकङ डलर २०.४३ मिलियन कमायो।
यस्तै, दायो वोङ चे-वाह र गायक समी चेङ साउ-म्यान अभिनीत नाइटलाइफ ड्रामा, नाइट किङ, अन्य लोकप्रिय फिल्म थिए, जसले ब्रेकको पहिलो चार दिनमा हङकङ डलर १.५४ मिलियन र फेब्रुअरी १७ देखि अप्रिल ७ सम्मको प्रिमियरबाट हङकङ डलर १०७.२० मिलियन कमाए।
यसपछिका धेरै कमाइ गर्नेमा, अपराध नाटक वी आर नथिङ एट अल, विज्ञान कथा आधारित कमेडी सियाओ युएफओ थिए।
यसैगरी, विज्ञान कथामै आधारित फिल्म प्रोजेक्ट हेल मेरी र डिज्नी र पिक्सारको हपर्स पनि प्रमुख ड्र थिए।
Shares

प्रतिक्रिया