हङकङका लागि महावाणिज्यदूत बनाएका डा.विन्देश्वरप्रसाद लेखकलाई सरकारले फिर्ता बोलाएको छ। उनी २०८१ चैतमा उनलाई सरकारले महावाणिज्यदूत बनाएर हङकङ पठाएको थियो।
बिहीबारको मन्त्रिपरिषद बैठकले मावाणिज्यदूत डा.लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन भनिएको छ।
२०८१ साउनमा ओली सरकारले प्रशासन सेवाका चार जना सहसचिवलाई परराष्ट्र मन्त्रालय पठाएको थियो। त्यति बेला परराष्ट्र पुग्नेहरुमा सहसचिवहरु भरत खनाल, लक्ष्मीप्रसाद निरौला, विन्देश्वर लेखक र झक्कप्रसाद आचार्य थिए।
225
Shares

प्रतिक्रिया