अमेरिकी वायुसेनाका दुई कार्गो विमान बेइजिङमा, के हुन सक्छ कारण?

अमेरिकी वायुसेनाका दुई कार्गो विमान बेइजिङमा, के हुन सक्छ कारण?

पछिल्ला दिन बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी वायुसेनाका दुई सी-१७ कार्गो विमान अवतरण भएका छन् (ह्यान्डआउट)


नेपालखबर
बैशाख २०, २०८३ आइतबार १७:१९, हङकङ

अमेरिकी वायुसेना दुई कार्गो विमान बेइजिङ अवतरण गरेका छन्। यसको पछाडि कारण के होला? हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोस्ट लेख्छ- यसको संकेत यो हो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण यस महिना अपेक्षा गरिएअनुसार अगाडि बढ्दैछ।

पोस्ट अगाडि थप्छ– धेरै उड्डयन फोटोग्राफीले चिनियाँ सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरमा देखिएअनुसार, सी-१७ अमेरिकी वायुसेनाका हेभी-लिफ्टरहरू शुक्रबार र शनिबार बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन्। जसका स्टेबिलाइजरहरूमा ८८२०४ र ५५१४० नम्बर उल्लेख छन्। 

दुई विमानको बेइजिङ आगमनलाई आर्मचेयर एडमिरलले पनि नोट गरेको छ। जुन बेलायतमा आधारित सामाजिक सञ्जाल हो, जसले वायुसेनाका विमानहरूको चाल ट्र्याक गर्ने गर्दछ।

एडमिरलले पनि अनुमान लगाएको छ– वासिङ्‌टनले ट्रम्पको अपेक्षित चीन भ्रमणको तयारीस्वरुप सवारी साधनसहितका अग्रिम उपकरणलाई पूर्वव्यवस्थापन गरेको हुन सक्छ।

सी-१७ अमेरिकी सैन्य विमानका त्यस्ता हेभी लिफ्टर हुन् जसले अमेरिकी राष्ट्रपति वा उपराष्ट्रपतिको विदेश भ्रमणअघि उपकरण ढुवानी गर्न प्रयोग गरिन्छ। जसलाई ‘द बिस्ट’ भनेर चिनिन्छ।

पोस्ट लेख्छ– गतमहिना इरानसँग शान्ति वार्ताको लागि इस्लामाबादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको भ्रमणको तयारीमा अमेरिकी सेनाले दर्जनौँ सवारी साधनको मोटरकाड ढुवानी गर्न कम्तीमा चार वटा सी-१७ तैनाथ गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .