बुधबारबाट खुल्ने हङकङ विमानस्थलको टर्मिनल-२ मा के छन् सुविधा?

बुधबारबाट खुल्ने हङकङ विमानस्थलको टर्मिनल-२ मा के छन् सुविधा?

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको पुनर्निर्मित टर्मिनल २ (एससीएमपी)


नेपालखबर
जेठ १०, २०८३ आइतबार १४:४९, हङकङ

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको पुनर्निर्मित दोस्रो टर्मिनल बुधबारदेखि यात्रुका लागि खुल्दैछ, किनमेल र भोजनालयको सेवा सहित। टर्मिनलमा २५ नयाँ किनमेल स्थल र भोजन विकल्पहरू प्रस्तुत हुने भएका छन्।

टर्मिनलमा भोजनका लागि कस्ता विकल्प उपलब्ध रहनेछन् त? हेर्नुस्, साउथ चाइना मर्निङ पोस्टबाट लिइएको यो सूची–

टर्मिनलमा एउटा विशाल फुड कोर्ट रहनेछ, त्यहाँ यात्रुको स्वागतका लागि ६ वटा रेस्टुरेन्ट हाजिर हुनेछन्।

यी ६ मध्ये तामजाई सामगोर मिक्सियनले राइस नुडल्सको स्वाद पस्कनेछ भने मिल्क क्याफे पनि त्यहाँ रहनेछ।

टर्मिनल २ मा रहेको मिल्क क्याफे (एससीएमपी)

त्यस्तै, जोलिबी र म्याकडोनाल्ड जस्ता फास्टफुड चेनका शाखा छन्। यसैगरी, जापानी खाना खोज्नेहरूले उफुफु क्याफे र युकिमुरा जाने सुविधा हुनेछ।

पेय पदार्थमा, न्याप टी, कपिङ रुम कफी रोस्टरहरू र साङ रोस्टरी पनि पाइने छन्। चिज पारखीलाई जोय फुल हाउस जाने सुविधा छ।

यसैगरी, सेप्टेम्बरमा दालभात पस्कने रेस्टुरेन्ट खोल्ने तयारी समेत गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .