हङकङका दिग्गज थिएटर व्यक्तित्व ‘किङ सर’ चुङ किङ फाईको ८९ वर्षको उमेरमा निधन भएको छ।
चुङका भतिजाबाट पुष्टि गर्दै स्थानीय मिडियाले लेखेअनुसार बुधबार बिहान सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो।
‘मेरो काकाले सम्पूर्ण जीवन रंगमञ्चमा समर्पित गर्नुभयो र आज आफूद्वारा प्रशिक्षित विद्यार्थी पुस्तालाई विरासत छोडेर जानुभएको छ,’ चुङका भतिजाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी सबैले उहाँप्रति राखेको गहिरो सम्मान र उहाँको जीवनभर निरन्तर हेरचाह एवं साथको लागि सबैलाई धन्यवाद।’
भतिजाले यो पनि जानकारी दिएका छन्– अन्त्येष्टिको विवरण पछि घोषणा गरिनेछ।
यसैगरी, संस्कृति, खेलकुद एवं पर्यटन सचिव रोसना लले चुङको मृत्युमा गहिरो समवेदना व्यक्त गर्दै स्थानीय रंगमञ्चमा उनको आजीवन योगदानको प्रशंसा गरेकी छन्। चुङले विभिन्न सल्लाहकार भूमिकामार्फत सरकारलाई अमूल्य अन्तर्दृष्टि प्रदान गरेको पनि लले बताइन्।
Shares

प्रतिक्रिया