हङकङको ताइपो आगलागीमा ७ व्यक्ति र २ कम्पनीमाथि २५ वटा आरोप

प्रतिवादीलाई अदालत उपस्थित गराइयो
हङकङको ताइपो आगलागीमा ७ व्यक्ति र २ कम्पनीमाथि २५ वटा आरोप

सुधार सेवा विभागका अधिकारीहरूको सुरक्षा घेरामा प्रतिवादीहरू अदालतबाट बाहिर निस्किएका थिए (एससीएमपी)


नेपालखबर
जेठ २७, २०८३ बुधबार १८:५८, काठमाडौँ

हङकङ प्रहरी र भ्रष्टाचारविरोधी निकायले ताइपोस्थित वाङफुक कोर्ट आगलागीमा सात व्यक्ति र दुई कम्पनीमाथि २५ वटा आरोप लगाएको छ।

सहरमा इतिहासकै घातक आगलागीको रूपमा वर्गीकृत ताइपोको उक्त आगलागी गतवर्ष नोभेम्बरमा भएको थियो। आगलागीमा १६८ जनाको ज्यान गएको थियो।  वाङफुक कोर्टका आठ आवासीय भवनमध्ये सात वटामा आगो लाग्दा उक्त विनाश निम्तिएको थियो। ती भवनमा मर्मतसम्भार भइरहेका बेला अनिष्ट आइपरेको थियो।

यही आगलागी अनुसन्धान गरी प्रहरी र ष्टाचारविरुद्ध स्वतन्त्र आयोग (आईसीएसी)ले ले हत्या, ठगीको षड्यन्त्र, मनी लाउन्डरिङ, सार्वजनिक न्यायको मार्ग विकृत गर्ने प्रयास, कर छली लगायत २५ वटा अपराधको आरोप लगाएका हुन्।

आरोपको प्रतिवादीहरूलाई बुधबार वेस्ट काउलुन अदालतमा उपस्थित गराइएको थियो। 

अदालतका कागजातबाट आगलागीमा मारिएका १६८ जनाको पूर्ण सूची पनि पहिलो पटक सार्वजनिक गरिएको छ। 

वाङफुक कोर्ट पुनर्निर्माणको प्रमुख कार्यमा आरोपित सात जनाले विभिन्न भूमिका खेलेको आरोप उल्लेख गरिएको छ। जसमा निर्देशकहरू, परियोजनाको परामर्शदाताबाट दर्ता भएका निरीक्षक र मुख्य ठेकेदारका निर्देशकहरू समावेश छन्।

दुई कम्पनीमा नवीकरणको परामर्शदाता विल पावर आर्किटेक्ट्स र मुख्य ठेकेदार प्रेस्टिज कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ हुन्।

वरिष्ठ प्रहरी अधिकारी बासिल ताङले नवीकरणको लागि जिम्मेवार व्यक्ति र कम्पनीहरूले कर्तव्यको गम्भीर उल्लङ्घन र निर्माण सामग्री तथा प्रक्रियाको सुपरिवेक्षणमा घोर लापरवाही गरेको बताए।

ताङका अनुसार, पुननिर्माणका लागि प्रयोग गरिएको बाँसको खटमा गैरआगो प्रतिरोधी जाली र ज्वलनशील पोलिफोम बोर्डहरू प्रयोग भएको, कामदारहरूलाई बाह्य खटमा प्रवेश गर्न मिल्नेगरी बाटो बनाउँदा सिँढीको आगो निकासी मार्गबाट झ्यालहरू हटाउने काम गरेको अनुसन्धानबाट खुलेको छ।

‘यस्तो कार्यले आगो द्रुत गतिमा फैलियो र भाग्ने मार्गहरूमा अवरोध पुर्‍यायो,’ ताङले भने, ‘जसले गर्दा ठूलो संख्यामा हताहत भयो।’

गतवर्ष नोभेम्बर २६ मा भएको ताइपो आगलागी ४३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो। वाङफुक कोर्टका आठ ब्लकमध्ये सात वटा ध्वस्त भएका थिए।

हङकङको इतिहासकै सबैभन्दा घातक मानिएको यो आगलागीमा एक अग्नि नियन्त्रकसहित १६८ जनाको ज्यान गएको थियो भने ७९ जना घाइते र झन्डै पाँच हजार मानिस विस्थापित हुन पुगेका थिए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .