हङकङ विमानस्थलमा कार्गो विमानबाट इन्धन चुहावट भएपछि अधिकारीहरू अनुसन्धानमा जुटेका छन्।
बिहीबार बिहान साढे ८ बजे सीभी५३१ उडान सञ्चालन गर्ने बोइङ ७४७ कार्गो विमानबाट इन्धन चुहावट देखिएको हो। जुन प्रारम्भिक अनुसन्धानले बायाँ पखेटाबाट भएको पुष्टि गरेको स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
‘त्यस समयमा विमान क्याथे प्यासिफिक कार्गो टर्मिनल बाहिर पार्क गरिएको थियो,’ स्रोतले भन्यो।
समस्याग्रस्त विमान लक्जमबर्गस्थित कार्गोलक्स एयरलाइन्सद्वारा सञ्चालित थियो।
उडान बिहीबार बिहान हङकङबाट अजरबैजानको राजधानी बाकुमास्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्थान गर्ने तालिका थियो।
विमानस्थल प्राधिकरणले पोस्टसँग इन्धन चुहावट घटना पुष्टि गरेको समेत एसीएमपीले जनाएको छ।
6
Shares

प्रतिक्रिया