हङकङको विधान परिषदमा राष्ट्रिय गानसम्बन्धी बहस हुँदैगर्दा बाहिर १ सय ८० पक्राउ परे

हङकङको विधान परिषदमा राष्ट्रिय गानसम्बन्धी बहस हुँदैगर्दा बाहिर १ सय ८० पक्राउ परे

नेपालखबर
जेठ १४, २०७७ बुधबार ९:३२,

हङकङका विभिन्न जिल्लामा अवैध रुपमा सरकारविरुद्ध प्रदर्शन गर्न निस्किएको मानिसहरु पक्राउ परेको प्रहरीलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

कजवे बे र मङकक क्षेत्रमा बुधबार बिहानैबाट सयौं मानिसहरु सरकारविरुद्ध प्रदर्शन गर्न सहभागी भएका थिए।

बुधबार विधान परिषदमा राष्ट्रिय गानसम्बन्धी कानुनमा बहस हने तय भएपछि विभिन्न समूहले प्रदर्शनको घोषणा गरेका थिए।

मंगलबार रातिदेखि नै प्रहरीहरु सडमा प्रदर्शन हुन नदिन खटेको एससीएमपीले जनाएको छ।

चिनियाँ राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएको हो। त्यस प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने प्रावधान छ।

बेइजिङले हालै हङकङका लागि नयाँ सुरक्षा कानुन प्रस्ताव पनि गरेको छ।

चीनले हङकङका लागि प्रस्ताव गरेको सुरक्षा कानुनले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशमा प्रतिबन्ध लगाउनेछ।

प्रस्तावित कानुन पारित भए हङकङमा चीन विरोधी गतिविधि गर्न पाइनेछैन।

मुख्य क्षेत्र चीनले हङकङका लागि कानुन प्रस्ताव गरेयता हङकङमा केहि दिनयता मुख्य क्षेत्र चीन र हङकङ सरकारको विरोध भइरहेको छ।

स्वतन्त्रता गुम्ने खतरा भएकोभन्दै हाल आन्दोलन जारी छ। आन्दोलनकारीले कानुन पारित भए देशको अर्थतन्त्र पनि धरापमा पर्ने चिन्ता व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .