जुन महिनामा हङकङ आउने छोटो दूरीका पर्यटकको संख्या १५ प्रतिशतले घटेको छ।
मध्यपूर्व द्वन्द्वसँग जोडिएको उच्च इन्धन लागतले उडान क्षमता घटाइनु र कमजोर क्षेत्रीय मुद्राले यात्राको मागलाई कम गरेको पर्यटन अधिकारीहरूले बताएका छन्।
हङकङ पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३.७२ मिलियन आगन्तुक हङकङ आएकोमा जुनमा १५ प्रतिशतले गिरावट आएको हो। जसमा गैरमुख्य भूमि आगन्तुकको संख्या ४ प्रतिशत छ।
बोर्डले यो गिरावटको कारण उड्डयन इन्धनको मूल्य वृद्धिको असर भनेको छ। मूल्यवृद्धिका कारण केही एयरलाइन्सले क्षमता कटौती गर्नुपर्दा असर अहिले देखिएको हो।
इरानमाथि अमेरिका-इजरायली युद्ध सुरु भएपछि इन्धनको मूल्य वृद्धि भएको थियो। जसले गर्दा एसियाभरका एयरलाइन्सले भाडा बढाउने, अधिभार लगाउने, रुटहरू निलम्बन गर्ने वा क्षमता कटौती गर्ने अवस्थामा पुगेका थिए।
शिखरमा पुगेको हवाई इन्धन मूल्य लयमा फर्कन खोज्दैगर्दा पछिल्ला हप्ताले फेरि राम्रो संकेत गरेका छैनन्।
Shares

प्रतिक्रिया