हङकङका एक किशोरले महिला शौचालयमा चियाएपछि

हङकङका एक किशोरले महिला शौचालयमा चियाएपछि

किशोरलाई लान्ताउ टापुमा रहेको साचोई सुधार संस्थामा पठाइएको छ (ह्यान्डआउट)


नेपालखबर
साउन ५, २०८३ मंगलबार १७:५२, हङकङ

हङकङका एक विद्यार्थीलाई विद्यालयको महिला शौचालयमा चियाएको आरोपमा ६ महिनाका लागि सुधार केन्द्रमा पठाइएको छ।

१६ वर्षीय ती छात्रले एक छात्रा शौचालय गएको बेला अन्तरकुन्तरबाट चियाउने प्रयास गरेको स्वीकार गरेका छन्। सोही अपराधमा उनलाई अदालतले ६ महिना सुधार संस्थामा पठाउने आदेश दिएको हो।

काउलुन अदालतका मजिस्ट्रेट चाङ चुङले मंगलबार सजाय सुनाउँदै गर्दा उनलाई आफ्नो कार्य मनन गर्न र भविष्य यस्तो यसप्रकारका आपराधिक हर्कत नगर्न सम्झाए। मजिस्ट्रेट चुङले आफूले किशोरकिशोरी सुध्रिएको हेर्न चाहेको र आइन्दा उनलाई कठघरामा देख्न नपरोस् भने।

के भएको थियो घटना?
गतवर्ष डिसेम्बर ११ मा वोङताई सिनको एक माध्यमिक विद्यालयमा एक किशोरीले आफू शौचालयभित्र रहेको बेला शौचालयको ढोकाअघि भुईँमा कसैको हात देखिन्। अनि निहुरिएर हेर्दा कसैले भुईँ र ढोकाको खाली ठाउँबाट भित्र नियालिरहेको देखिन्।

त्यसपछि शौचालयबाट बाहिर निस्केर शिक्षकलाई अवगत गराएकी थिइन्।

आरोपी किशोर यसअघि पनि छुट्टै अपराधमा संलग्न भएको आरोपमा प्रहरीको निगरानीमा रहेको रेकर्ड भेटिएको छ। त्यसैले, मजिस्ट्रेटले सजाय सुनाउनुअघि आइन्दा कठघरामा देख्नु नपरोस् भनी सम्झाएका थिए।

‘अदालत तपाईँलाई सजाय दिँदा मात्र सन्तोष मान्दैन, सही बाटोमा हिँडेको देख्न चाहन्छ,’ मजिस्ट्रेटको भनाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘यस पटक म तपाईँप्रति उदार बनेको छु, अबका केही महिना आफैँमा मनन गर्दै बिताउनुहोस् र सुध्रिने प्रण गर्नुहोस्।’

अबका ६ महिना किशोरले लान्ताउ टापुमा रहेको साचोई सुधार गृहमा बिताउनेछन्। जहाँ अपराधीलाई कडा अनुशासन, तालिम, परिश्रम र सभ्य दिनचर्याको अधीनमा राखिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .