हङकङसँगको विशेष सम्बन्ध अन्त्य गर्ने अमेरिकाको घोषणा

हङकङसँगको विशेष सम्बन्ध अन्त्य गर्ने अमेरिकाको घोषणा

नेपालखबर
जेठ १७, २०७७ शनिबार ७:४,

अमेरिकाले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङसँग रहेको विशेष सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ।

चीनले हङकङका लागि नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि हङकङ अब स्वायत्त नरहेको भन्दै विशेष सम्बन्ध अन्त्यको संघारमा पुगेको अ‍ेमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन्।

ट्रम्पले हङकङले स्वायत्तता गुमाएको भन्दै हङकङसँगको आर्थिक तथा भ्रमण सम्बन्धी विशेष स्थिती अन्त्य गरिने बताएका हुन्।

चीनले हालै आफ्नो विशेष प्रशासनिक क्षेत्र हङकङका लागि नयाँ सुरक्षा कानुन प्रस्ताव गरेको छ, जसलाई चीनको संसद– राष्ट्रिय जनकंग्रेसले समर्थन गरिसकेको छ।

त्यस कानुनअनुसार हङकङमा चीन विरोधी कुनैपनि गतिविधिलाई अपराध मानिनेछ। तर यस कानुनले एक देश दुई प्रणाली अन्तर्गत हङकङले पाउँदै आएको स्वत्तता गुमाउने अमेरिकी भनाइ छ।

ट्रम्पले हङकङमा अब ‘एक देश दुई प्रणाली’ नभएर ‘एक देश एक प्रणाली’ को सुरुवात भएको बताए।

एशियाको व्यापार केन्द्र हङकङमा अमेरिकाले ठूलो लगानी गर्दै आएको छ। यो विवादसँगै अमेरिकाले त्यस्तो लगानी बन्द गर्ने अनुमान गरिएको छ।

‘चीनले एक देश दुई प्रणालीलाई एक देश एक प्रणालीमा रुपान्तरण गरेको छ’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा भने, ‘यो हङकङको लागि दुखदायी क्षण हो। चीनले हङकङको स्वतन्त्रता मारेको छ।’

ट्रम्पले अब हङकङ र चिनियाँ नागरिकका लागि अमेरिका प्रवेशमा कडाइ गर्ने पनि बताएका छन्।

हङकङमा चीनको परुरा नियन्त्रण भएपछि त्यहाँबाट पनि अमेरिकालाई खतरा महसुस हुने भएकाले खतरा महसुस गरिएका मानिसलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने अमेरिकी अधिकारीले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .