क्यारी लाम भन्छिन्ः हङकङबासी शहरमा प्रदर्शन होइन शान्ति र स्थिरता चाहन्छन्

क्यारी लाम भन्छिन्ः हङकङबासी शहरमा प्रदर्शन होइन शान्ति र स्थिरता चाहन्छन्

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ९:५७,

मंगलबार उक्त आन्दोलन सुरु भएको एक वर्ष पुरा भएको छ।

सो आन्दोलन लगातार ६ महिनाभन्दा बढी चलेको थियो। हङकङको संसदमा सुपुर्दगी विधेयक प्रस्तुत भएसँगै त्यहाँ सरकार तथा बेइजिङविरुद्ध आन्दोलन चलेको थियो।

विधेयकअनुसार हङकङका अपराधीलाई चीन लैजान सकिने प्रावधान थियो। तर हङकङले पाउँदै आएको स्वतन्त्रता गुम्ने खतरा भएकोभन्दै त्यहाँ बृहत प्रदर्शन भएको थियो।

उक्त प्रदर्शनका क्रममा १० लाख मानिसहरु सडकमा उत्रिएका थिए। गतवर्षको जुनदेखि सन् २०२० को मे सम्ममा सरकारविरुद्धको आन्दोलनको क्रममा प्रहरीले १६ हजार २२४ राउन्ड अश्रु ग्यास प्रहार गरेका छन्, १० हजार १०८ रब बुलेट प्रहार गर्दा, १८ सय ८५ स्पोन्ज ग्रिनेड, २ हजार ३३ बिनब्याग तथा १९ पटक हवाई फाएर गरेका छन्।

सो अवधिमा ८ हजार ९८१ पक्राउ परे। यसबीचमा मंगलबार हङकङकी कार्यकारी प्रमुख क्यारी लामले हङकङबासीले शहरमा शान्ति र स्थिरता चाहेको बताएकी छिन्।

उनले हङकङका नागरिक प्रदर्शनको पक्षमा नभएको उल्लेख गरिन्। शान्ति र स्थिरता छाए मात्र हङकङ सामान्य जीवनशैलीमा फर्कने पनि लामले बताइन्।

उनले हिंसा र आन्दोलनले गर्दा यहाँको आर्थतन्त्रमा ठूलो प्रभाव परेको पनि उल्लेख गरिन्। सरकारले हङकङको अर्थतन्त्रलाई उकास्न प्रयत्न गरिरहेकाले सबै नागरिकलाई शान्तिको पक्षमा उभिन अपिल गरिन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .