बिहीबार ९५ नयाँ कोरोना संक्रमित थपिएसँगै हङकङमा कोरोना संक्रमितको संख्या ३८ सय ४९ पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यस्तै यहाँ कुल संक्रमितमध्ये ४४ जनाको मृत्यु भइसकेको छ भने २४ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
कोरोना संक्रमण शुन्यमा झरेको हङकङको अवस्था गत महिनाको मध्यबाट जटिल बन्दै गएको छ।
हाल यहाँ दैनिक सयको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन्। यसबीचमा चीनका विज्ञहरुको टोली हङकङमा कोरोना नियन्त्रण गर्न पनि आएका छन्।
हाल हङकङमा खुकुलो बनाइएको कोरोनाविरुद्धको नियमलाई फेरि कडा बनाइएको छ।
यहाँ मास्क अनिवार्य लगाउन निर्देशन दिइएको छ भने होटल तथा रेस्टुरेन्टमा बसेर खान प्रतिबन्ध लगाइएको छ।
साउन २२, २०७७, बिहीबार
प्रतिक्रिया