चीनबाट केटी ल्याएर हङकङको याउमातेइ र चिमसाचोइका होटलमा यौनधन्दा, ३८ जना पक्राउ

चीनबाट केटी ल्याएर हङकङको याउमातेइ र चिमसाचोइका होटलमा यौनधन्दा, ३८ जना पक्राउ

नेपालखबर
भदौ ६, २०७७ शनिबार ९:२७,

प्रहरीका अनुसार भिषा नभएका महिलाहरुलाई यौनधन्दा चलाउने समूहले अवैधानिक रुपमा हङकङ भित्र्याउने गरेका छन्।

कोरोना प्रकोपबीच गत अप्रिलबाट हङकङको सीमा बन्द गरिएको छ। जसका कारण चिनियाँ यौनकर्मीहरु हङकङ आउन पाइरहेका छैनन्।

यसबीचमा यौनधन्दा चलाउने समूहले अवैधानिक रुपमा महिलाहरुको तस्करी गर्ने गरेको प्रहरीले बताएका छन्।

ती महिलाहरु ठूला होटलहरुमा खटाइएको प्रहरीले बताएका छन्।

एक स्रोतले एससीएमपीसँग भनेको छ, ‘चिमसाचोई र याउमातेइका होटलहरुमा मुख्यक्षेत्र चीनबाट तस्कर गरी ल्याइएका महिलाहरु खटाइएका छन्। प्रहरीले थाहा नपाउन भनेर महिलाहरुको खाने व्यवस्थाहरु सबै होटलको कोठामै गरिएको थियो।’

यौनधन्दा चलाउने समूहले ग्राहकबाट एकपटकमा १३ सय हङकङ डलरसम्म असुल्ने गरेको पाइएको छ।

Suspects being escorted by police. Photo: handout

स्रोतका अनुसार एक दिनमा सयभन्दा बढी ग्राहकले यी होटलहरु धाउँदथे। प्रहरीबाट बच्न मध्यराति १२ बजेदेखि सेवा बन्द गर्ने गरेको पनि जनाइएको छ।

यौनधन्दामा संलग्न समूहले पटकपटक प्रहरी आए नआएको बारेमा निगरानी राख्दथे। स्रोतका अनुसार गत महिनामात्र यी समूहले ६० लाख हङकङ डलर राजस्व उठाए।

बृहत अनुसन्धानपछि प्रहरीले यौनधन्दाको सिन्डिकेट पत्ता लगाएको हो। हङकङका २० स्थानमा प्रहरीले सयभन्दा बढी प्रहरीको सहयोगमा ३८ बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ।

उनीहरुबाट नगद ७ लाख ९० हजार हङकङ डलर बरामद गरिएको छ। यस यौनधन्दाको सिन्डिकेटमा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार तीन पुरुष र तीन महिलालाई पक्राउ गरिसकेको छ।

यस्तै नियन्त्रणका क्रममा यौनधन्दामा संलग्न समूहका एक सदस्य पुरुषबाट २ लाख हङकङ डलर नगद बरामद गरिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २७ महिला यौनकर्मी चीनबाट हङकङ ल्याइएका हुन्। उनीहरुसँग हङङ प्रवेश गर्ने कुनै कागजात छैन।

यस विषयमा थप अनुसन्धान जारी छ। अन्य धेरै व्यक्तिहरु, जो यस अपाराधसँग जोडिएका छन् उनीहरु पक्राउ पर्ने अनुमान छ।

हङकङमा अवैधानिक यौनसम्पर्क अथवा वेश्यावृत्तिको उद्देश्यका लागि अवैधानिक रुपमा व्यक्तिहरु तस्कर गरिए अधिकतम १४ वर्षसम्मको जेल सजाय हुनसक्छ। 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .