सेप्टेम्बरमा काठमाडौं–हङकङ नेपाल एयरलाइन्सका दुई, क्याथे ड्रयागनका दुई उडान

सेप्टेम्बरमा काठमाडौं–हङकङ नेपाल एयरलाइन्सका दुई, क्याथे ड्रयागनका दुई उडान

नेपालखबर
भदौ १०, २०७७ बुधबार १:३१,

नेपाल सरकारले भदौ १७ (सेप्टेम्बर १) बाट हङकङ–काठमाडौं चार उडान गर्ने गरी सेप्टेम्बर महिनाको नियमित हवाई उडान तालिका सार्वजनिक गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार सेप्टेम्बर ९ र २३ मा नेपाल एयरलाइन्सको जहाजले काठमाडौं–हङकङ उडान गर्नेछ भने ३ र १७ मा हङकङको क्याथे ड्रयागनले उडान भर्नेछ।*

मन्त्रालयले सेप्टेम्बर १ देखि नियमित २ र चार्टर्ड १ उडान गर्ने तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार चाइना साउदर्नले ग्वान्झाओबाट काठमाडौं चार वटा उडान गर्नेछ– सेप्टेम्बर ५, १२, १९ र २६ मा।

त्यस्तै एयर चाइनाले सेप्टेम्बर १३ र २६ मा चेङ्दुबाट काठमाडौं उडान गर्नेछ।

यता नीजि क्षेत्रको हिमालय एयरलाइन्सले चीनको छोङछिङमा चार वटा उडान गर्नेछ– सेप्टेम्बर ३, १०, १७ र २४ मा।

विश्वभर कोरोना महामारी फैलिएपछि नेपालमा गत चैत ९ देखि नियमित व्यावसायिक हवाइ उडान बन्द भएको थियो।

लकडाउनसँगै हङकङ–काठमाडौं रुटका नेपाल एयरलाइन्स र क्याथे ड्रयागनको उडान बन्द रहेको थियो। नेपालबाट हङकङ फर्किने नेपालीका लागि नेपाल एयरलाइन्सले केही चार्टर्ड उडान गरेको थियो।

सुरुको चरणमा नेपालीहरूका लागि मात्र उपलब्ध गराइने हवाई उडानबाट नेपाल आउन चाहनेले पीसीआर परीक्षणमा कोभिड–१९ नभएको (नेगेटिभ) रिपोर्ट पेस गर्नुपर्ने शर्त राखिएको छ।

नेपाल आएपछि अनिवार्यरुपमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ।

(*सच्याइएको)

सेप्टेम्बर महिनाको उडान तालिका :

flight schedule HK

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .