हङकङमा गतवर्षको आन्दोलनलाई लिएर १६ गिरफ्तार, पक्राउ पर्नेमा दुई विपक्षी सांसद पनि

हङकङमा गतवर्षको आन्दोलनलाई लिएर १६ गिरफ्तार, पक्राउ पर्नेमा दुई विपक्षी सांसद पनि

नेपालखबर
भदौ १०, २०७७ बुधबार १२:५७,

सोही आन्दोलनको विषयलाई लिएर हङकङको सरकारले बुधबार १६ व्यक्तिलाई गिरफ्तार गरेको छ।

पक्राउ पर्नेमा दुई विपक्षी सांसद पनि भएको एससीएमपीले जनाएको छ। डेमोक्रेटिक पार्टीका सांसद लाम चिउक–तिङ र टेट हुईलाई पक्राउ गरिएको जनाइएको छ।

गतवर्षको जुलाई २१ मा सरकारको आदेशको अवज्ञा गर्दै आन्दोलन गरेकोमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

हाल हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागू गरिसकेको छ। यस कानुनले चीनविरोधी गतिविधिलाई अपराध ठहर्याउनेछ।

गतवर्ष सरकारले सुपुर्दगी विधेयक संसदमा पेश गरेपछि सरकारविरुद्धको आन्दोनल चर्किएको थियो।

उक्त विधेयक अनुसार हङकङका अपराधिलाई चीन सुपुर्दगी गरेर लान सकिन्थ्यो। तर हङकङमा ठूलो प्रदर्शन भयो जसका कारण सुपुर्दगी विधेयक पारित हुन पाएन।

प्रदर्शनकारीले हङकङ स्वतन्त्र हुनुपर्छ भन्ने आवाज नै उठाएका थिए। सो क्रममा कयौंपटक चीनका झण्डा जलाइएका थिए। अब भने हङकङमा चीनविरोधी गर्न नपाइने भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .