यद्यपी रेस्टुरेन्टहरु साँझ ६ देखि राति ९ बजेसम्म मात्र खोल्न पाइने एससीएमपीले जनाएको छ।
झन्डै डेढ महिना बन्द गरिएका इभिनिङ रेस्टुरेन्ट शुक्रबारबाट खोलिएका हुन्। पहिले साँभm ६ देखि बिहान ५ बजेसम्म यस्ता रेस्टुरेन्टले सेवा दिन्थे।
हाललाई सेवा दिन अनुमति दिइएपनि समयसीमा तोकिएको छ। यस्तै यस्ता रेस्टुरेन्टमा क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र सेवा दिनुपर्नेछ। रेस्टुरेन्टमा एक टेबल दुई ग्राहकको नियम लागू हुनेछ।
साथै कोरोनाविरुद्धका पहिल्यकै नियम लागू हुनेछन्। यसमा व्यक्ति–व्यक्तिबीचको नियम, मास्क प्रयोगकका कुरा र रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्थाका कुरा रहेका छन्।
यसैबीच शुक्रबार १३ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ७६९ पुगेको छ।
यहाँ संक्रमितमध्ये ८४ को मृत्यु भएको छ भने ४२ सय उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिक्रिया