हङकङमा नेपालबाट फर्किएका सात व्यक्तिमा कोरोना देखियो

हङकङमा नेपालबाट फर्किएका सात व्यक्तिमा कोरोना देखियो

नेपालखबर
असोज ४, २०७७ आइतबार १०:१५,

नयाँ थपिएका संक्रमितमध्ये अधिकाँश विदेशबाट फर्किएका व्यक्ति भएको एससीएमपीले जनाएको छ।

४ जनामात्र स्थानीय स्तरबाट संक्रमित बेनका व्यक्ति थिएभने अन्य सबै विदेशबाट फर्किएका व्यक्ति हुन्।

भारतबाट फर्र्किएका ८, नेपालबाट फर्किएका ७, फिलिपिन्सबाट फर्किएका ३ र एक स्वीडेनबाट फर्किएका व्यक्तिमा कोरोना संक्रमण देखिएको सेन्ट फर हेल्थ प्रोटेक्सनले जनाएको छ।

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ५ हजार ३०२ पुगेको छ। हालसम्म १०३ को भने मृत्यु भइसकेको छ। यस्तै ४७ सयभन्दा बढी उपचारपछि स्वस्थ बनिसकेका छन्।

यसैबीच हङकङले भारतबाट हङकङ आउने एयर इन्डिया र मलेसियाबाट हङकङ आउने क्याथे ड्रागनको उडान तत्कालका लागि रोक्ने निर्णय गरेको छ।

अक्टोबर ३ सम्म यी उडानहरु रोकिनेछन्। विदेशबाट कोरोना संक्रमित आएको भन्दै यी उडानलाई रोकिएको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .