स्वतन्त्र हङकङको प्रचार गर्ने एक शिक्षकको लाइसेन्स खारेज

स्वतन्त्र हङकङको प्रचार गर्ने एक शिक्षकको लाइसेन्स खारेज

नेपालखबर
असोज २१, २०७७ बुधबार १२:२८,

हङकङको विद्यालयमा स्वतन्त्र हङकङको प्रचार गर्ने गरेको आरोप लागेका कारण ती शिक्षकको शिक्षण लाइसेन्स खारेज गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

ती शिक्षकले हङकङ स्वतन्त्र हुनुपर्छ भन्दै विद्यार्थीलाई सिकाउने गरेको पनि आरोप लागेको छ।

शिक्षकको लाइसेन्स खारेज गरेसँगै हङकङकी कार्यकारी प्रमुख क्यारी लामले मंगलबार ‘हङकङको शिक्षा प्रणालीबाट कुहिएको स्याउलाई बोटबाट झार्नु’ आवश्यक रहेको बताएको बीबीसीले जनाएको छ।

हङकङका शैक्षिक संस्थाहरुले चीनविरुद्धको विचारलाई बढावा दिइरहेको चीनको आशंका छ।

हङकङको शिक्षकको शिक्षण लाइसेन्स खारेज भएसँगै हङकङको शिक्षक संघले सरकारी अधिकारीहरुले राम्रो अनुसन्धान नगरेको आरोप लगाएका छन्।

यसैबीच हङकङमा बुधबार ११ नयाँ कोरोना संक्रमित थपिएका छन्। हालसम्म हङकङमा ५ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।

एससीएमपीका अनुसार यहाँ कोरोनाका कारण १०५ को मृत्यु भइसक्दा ४८ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .