हङकङमा कार चालिकाले साइकललाई ठक्कर दिएपछि भनिन्ः मलाई मतलब छैन

हङकङमा कार चालिकाले साइकललाई ठक्कर दिएपछि भनिन्ः मलाई मतलब छैन

नेपालखबर
पुस २०, २०७७ सोमबार १२:३०,

उक्त घटनामा साइकल चालक घाइते भएका थिए। साइकललाई ठक्कर दिएको थाहा हुँदाहुँदै पनि उक्त कार २ सय मिटर परसम्म कुदेको थियो।

एससीएमपीका अनुसार भिडियो फुटेजमा सान वान सडक र चि चियोङ सडकको बिचमा दुर्घटना भएको देखिएको छ।

साइकल चालकलाई ठक्कर दिएपछि कार कुदिरहेको थियो। सोही बखत यस दुर्घटनालाई देखेको एक मोटरसाइकल चालकले कार रोके।

मोटरसाइकल चालकले कार चालिकालाई बाहिर आउन भन्दै उनले साइकल चालकलाई ठक्कर दिएको जानकारी गराए।

यद्यपी ती चालिकाले आफूलाई मतलब छैन भनेर उल्टै प्रतिप्रश्न गरेको जनाइएको छ। साइकल चालक ६३ वषर्वका व्यक्ति भएको बताइएको छ।

ती महिला उक्त स्थानबाट शौचालय जान्छु भन्दै भागेकी थिइन्। यद्यपी सोमबार दिउँसो २ बजे उनलाई प्रहरीले गिरफ्तार गरेको थियो।

हाल उनलाई सोधपुछपछि जमानतमा छाडिएको जनाइएको छ। ती साइकल चालकको अवस्था यतिबेला समान्य भएको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .