स्रोत नखुलेका ६ दशमलब ३ अर्ब हङकङ डलरलाई वैध बनाउने कार्यमा लागेको भन्दै हालका तथा पूर्व बैंकरहरु गिरफ्तार भएका हुन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको यस घटना शहरको वित्तिय क्षेत्रको यस दशककै सबैभन्दा ठूलो अपराध हो।
इन्टरनेसनल मनि लन्डरिङ सिन्डिकेटमा उनीहरु आवद्ध भएको बताइएको छ।
प्रहरी अधिकारीहरुले एक आरोपित व्यक्तिबाट ७८ लाख हङकङ डलर जफत गरेका छन्। उक्त पैसाको पनि स्रोत खुल्न सकेको छैन।
हङकङमा मनि लन्ड्रिङमा व्यावसायिक बैंकरहरु संलग्न भएको पहिलो घटना भएको बताइएको छ।
सन् २०१७ देखि हङकङको प्रहरीले कालो धनलाई वैध बनाउने कार्यमा लाग्नेहरुविरुद्ध शशक्त अनुसन्धान थालेको छ।
एक स्विस कम्पनीले हङकङको बैंक खातामा अवैध २० लाख डलर पठाएपछि मनि लन्ड्रिङको विषयमा प्रहरीले शशक्त रुपमा अनुसन्धान थालेका हुन्।
हाल पक्राउ परेका सात बैंकरहरु बैंकका महत्वपूर्ण कार्यभार सम्हालेका व्यक्तिहरु भएको बताइएको छ।
प्रहरीले बृहत रुपमा अनुसन्धान थालेको छ।

प्रतिक्रिया