हङकङमा कान्छी श्रीमतीसँग मिलेर सन्तानमाथि हिंसा, पिताद्वारा ५ वर्षकी छोरीको हत्या!

हङकङमा कान्छी श्रीमतीसँग मिलेर सन्तानमाथि हिंसा, पिताद्वारा ५ वर्षकी छोरीको हत्या!

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ११:१९,

ती किशोरले परिवार भित्रको हिंसा अदालतमा सुनाएका हुन्।

सन् २०१८ मा ती किशोर ८ वर्षका थिए। हाल ११ वर्षका उनले अदालतमा आफ्नी ५ वर्षकी बहिनीलाई बुबाले त्यो वर्ष कसरी मारे भनेर अदालतमा बयान दिएका हुन्।

तीन वर्ष अगाडि जनवरीको रात ५ वर्षकी आफ्नी बहिनीलाई छिटो हिँड्न नसकेको भन्दै पिताले निर्घात कुटपिट गर्नुका साथै उनको टाउको छानामा जानाजान बजारेको उनको भनाइ छ।

पिताले बहिनीको टाउको छाना बज्ने गरी ठोक्काउँदा बहिनी निकै रोएको उनको बयान छ। बहिनीलाई त्यो दिन भुइँमा बिना ओड्ने सुताएको पनि उनले बताएका छन्।

त्यसको पछिल्लो दिन बिहानै किशोरको बहिनीको मृत्यु भएको थियो।

हङकङको अदालतमा किशोरले पितासँगै सौतेनी आमा र सौतेनी हजुरआमाले पनि आफू र बहिनीमाथि हिंसा गरेको बताएका छन्।

बहिनी ३ वर्षको हुँदादेखि नै आफूहरुमाथि कुटपिट भएको किशोरको भनाइ छ। सौतेनी आमाको एक सन्तानलाई भने उनीहरुले कहिल्यै कुटपिट नगरेको उनले सुनाएका छन्।

सन् २०१७ को अगष्ट १० देखि सन् २०१८ को जनवरी ६ सम्म साना र अबोध उनीहरुमाथि ज्यादै कुटपिट भएको थियो।

उनले आफूहरुलाई खानासमेत नदिएको किशोरको भनाइ छ। आफूले सपनामा खाना खाएको देखेर पेट भर्ने गरेको पनि उनले बयानमा भनेका छन्।

हाल प्रहरीले उनका पिता, सौतेनी आमा र ५६ वर्षकी सौतेनी हजुरआमालाई नियन्त्रणमा लिएको छ।

आफूहरुले सबै बच्चालाई उत्तिकै माया गर्ने गरेको उनीहरुको भनाइ छ। यो मुद्दाको सुनुवाई जारी छ।

उनीहरुबाट पनि बयान लिने काम चलिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .