अमेरिकालाई हङकङको जवाफः चीनले हाम्रो स्वतन्त्रता खोसेको छैन

अमेरिकालाई हङकङको जवाफः चीनले हाम्रो स्वतन्त्रता खोसेको छैन

नेपालखबर
चैत १८, २०७७ बुधबार १३:२२,

चिनियाँ सरकारी अधिकारीसँगै हङकङका सरकारी अधिकारीले मुख्यक्षेत्र चीनको कानुनले हङकङमा थप स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति भएको प्रतिक्रिया दिएका हुन्।

हालै चीनले हङकङमा निर्वाचनसँग सम्बन्धित कानुन बनाएको थियो।

त्यस लगत्तै अमेरिकी राज्य विभागले चिनियाँ कम्युनिस्ट पार्टीले हङकङलाई स्वतन्त्रता देख्न नचाहेको बताएको थियो।

यो कानुनअनुसार हङकङमा राष्ट्रवादी र देशभक्त उम्मेदवारले मात्र निर्वाचनमा भाग लिग पाउँछन्।

हङकङका अधिकारीहरुका अनुसार देशलाई माया गर्ने मानिसले मात्र देश विकास गर्नसक्छ।

त्यसअघि सन् २०२० मा पनि चीनले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो। त्यसबेला पनि अमेरिकाले चीनको विरोध गरेको थियो।

सो कानुनले चीन सरकार तथा चिनियाँ झण्डाको आलोचना गर्नेलाई अपराधी ठहर्याउँछ। साथै हङकङमा हुने अवैधानिक प्रदर्शनलाई पनि कानुनले रोक्दछ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .