हङकङका शिक्षामन्त्री भन्छन्ः विद्यार्थीलाई चिनियाँ राष्ट्रिय गान गाउन लगाउनुपर्छ

हङकङका शिक्षामन्त्री भन्छन्ः विद्यार्थीलाई चिनियाँ राष्ट्रिय गान गाउन लगाउनुपर्छ

नेपालखबर
चैत २९, २०७७ आइतबार १३:१२,

युङले हङकङ भरका विद्यालयलाई यस विषयमा पत्र पठाएको आइतबार ब्लग लेख्दै जानकारी दिएका हुन्।

उनले ब्लगमा भनेका छन्,‘विद्यालयहरुले राष्ट्रिय झण्डाको विषयमा कार्यक्रमहरु दोहोर्याउँदै गर्नुपर्छ र विद्यार्थीलाई चिनियाँ राष्ट्रिय गान गाउन लगाउनुपर्छ।’

‘मर्निङ एसेम्ब्लीमा प्रधानाध्यापक लगायतका शिक्षकहरुले विद्यार्थीलाई सँधै राष्ट्रिय सुरक्षाबारे जानकारी दिए विद्यार्थीमा राष्ट्रियता र राष्ट्रभावको चेतना बढ्छ’ उनले भनेका छन्।

गतवर्ष मात्र हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू भएको छ। सन् २०१९ मा हङकङमा ७ महिनासम्म सरकार तथा मुख्य क्षेत्र चीनविरुद्ध आन्दोलन भएको थियो।

सो क्रममा स्वतन्त्र हङकङको आवाज उठ्नुका साथै, चिनियाँ झण्डा जलाइएको थियो भने चिनियाँ राष्ट्रिय गानको विरोध गरिएको थियो।

हङकङमा मुख्यक्षेत्र चीन विरोधी भावना बढेपछि गतवर्ष राष्ट्रिय सुरक्षा कानुन लागू भएको हो।

यो कानुन अनुसार हङकङलाई अलग्याउन खोजिए, चिनियाँ राष्ट्रिय गान र झण्डाको बेइज्जत गरिए त्यस्ता मानिसलाई अपराधी करार गरिनेछ।

शिक्षामन्त्री युङका अनुसार राष्ट्रिय सुरक्षाको विषयमा विद्यार्थीहरुलाई शिक्षा दिइए उनीहरुमा देशप्रेमको भावना बढ्नेछ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .