वेस्ट काउलुन अदालतले मार्टिन ली तथा जिमी लाईसहित ५ जनालाई दोषी ठहर गरेको हो।
मार्टिन हङकङका पूर्व सांसद हुन् भने जिमी बाहेक अन्य व्यक्तिहरु पनि पूर्व सांसद भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
मार्टिनले लामो समयदेखि हङकङ स्वतन्त्र हुनपर्छ भन्दै आन्दोलन गर्दै आएका थिए। उनी लोकतन्त्रका पक्षधर हुन्।
उनीहरुमाथि सन् २०१९ मा सरकारविरुद्ध गैरकानूनी प्रदर्शन गरेको आरोप लागेको थियो। उनीहरुले स्वतन्त्र हङकङको वकालत गरेको बताइएको छ।
अदालतका अनुसार एप्पल डेलीका मालिक जिमी लाइलाई १४ महिनाको जेल सजाय हुनेछ। यस्तै मार्टिन लीलाई ११ महिनाको जेल सजाय सुनाइएको छ। यद्यपी उनले सो अवधिमा सरकारलाई चुनौती दिनसक्ने बताइएको छ।
सन् २०१९ मा हङकङका नागरिकले सुपुर्दगी विधेयकको विरोध गरेका थिए। उक्त विधेयकअनुसार हङकङका अपराधीलाई चीनमा लैजान सकिने व्यवस्था थियो।
तर चीनबाट हङकङको स्वतन्त्रता खोसिने भन्दै प्रदर्शनकारीले ७ महिनासम्म हङकङ प्रशासनसँगै मुख्य क्षेत्र चीनको विरोध जनाएका थिए।
त्यसबेला चीनका झण्डाहरु जलाइएका थिए। तर गतवर्ष मात्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानून पारित गरिसकेको छ।
यही कानुन अनुसार यतिबेला हङकङका प्रहरीले सन् २०१९ का प्रदर्शनकारीलाई गिरफ्तार गरिरहेका हुन्। एससीएमपी
प्रतिक्रिया