कोरोनाबाट जोगिन भन्दै हङकङका एक व्यक्तिले लगाए दुई कम्पनीको खोप

कोरोनाबाट जोगिन भन्दै हङकङका एक व्यक्तिले लगाए दुई कम्पनीको खोप

नेपालखबर
बैशाख ६, २०७८ सोमबार ७:४१,

विज्ञहरुका अनुसार कोरोनाबाट बच्नका लागि कुनै एक कम्पनीको पूर्ण डोज लगाए पुग्छ।

तर हङकङका ३२ वर्षका नाम नखुलाइएका एक व्यक्तिले भने बायोएनटेक र फाइजरले निर्माण गरेको खोप तथा सिनोभ्याकको खोप गरी दुवै कम्पनीको खोप लगाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

उनले गत मार्च १२ मा सुरुवातमा बायोएनटेकको खोपको पहिलो डोज लगाएका थिए। मार्च महिनाकै २८ तारिखमा उनले सिनोभ्याकको पहिलो डोज खोप लगाए।

गत अप्रिल ११ मा उनले बायोएनटेकको दोस्रो डोज खोप लगाएका थिए। उनले सिनोभ्याकको दोस्रो डोज खोप भने लगाउन बाँकी छ।

आइतबार राति मात्र एक व्यक्तिले दुई कम्पनीकै खोप लगाएको हङकङको स्वास्थ्य विभागले विज्ञप्ती जारी गर्दै बताएको छ।

उनलाई डाक्टरहरुले एकमात्र कम्पनीको पूर्ण डोज खोप लगाउन भनेपनि उनी अर्कै कम्पनीको निशुल्क खोप लगाउन पनि लागि परेका हुन्।

उनको नाम खुलाइएको छैन। यस विषयमा थप अनुसन्धान भइरहेको छ। उनलाई सिनोभ्याकको दोस्रो डोज दिने नदिने विषयमा पनि छलफल चलिरहको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .