हङकङका लागुऔषध तस्कर चक्कुले आत्महत्या गर्छु भन्दै प्रहरीकै छेउबाट फरार

हङकङका लागुऔषध तस्कर चक्कुले आत्महत्या गर्छु भन्दै प्रहरीकै छेउबाट फरार

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १३:५५,

सोमबार मध्यरातमा भागेका उनी मंगलबार पनि फेला पर्न नसकेको प्रहरीलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रहरीका अनुसार सोमबार मध्यरातमा पो तात स्टेटको तात चुई हाउसको फ्ल्याटबाट २५ वर्षका ती पुरुष फरार भएका हुन्।

सो थर भएका पुरुषको फ्ल्याटमा प्रहरीले ५७ हजार हङकङ डलरको कोकिन लागयतका लागुऔषध बरामद गरेका छन्।

उनलाई खासमा प्रहरीले सोमबार राति ८ बजेको समयमा ट्याक्सीमा खनतलासी गर्दा लागुऔषध बोेकेको अवस्थामा पक्रिएका थिए।

त्यसपछि उनको फ्ल्याटमै प्रहरीले छापा मारेको थियो। त्यहाँ पनि ठूलो मात्रामा लागुऔषध भेटिएको थियो।

तर उनले बाथरुम जान्छु भन्दै चक्कु खोज्न गएका थिए। प्रहरीले पक्राउ गर्न खोज्दा चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गर्छु भनेपछि प्रहरी केही नरम बनेका थिए।

मौका छोप्दै उनी खाली खुट्टा पो तात सपिङ सेन्टरतर्फ भागेका थिए। उनलाई अझै प्रहरीले खोजीरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .