हङकङबासी खोप लगाउन अनिच्छुक देखिएपछि उनीहरुलाई खोप लगाउन प्रेरित गर्न एनजी तेङ फोङ च्यारिटेबल फाउन्डेसन, सिनो ग्रुप तथा चाइनिज इस्टेट होल्डिंग्सले संयुक्त रुपमा एक करोड ८ लाख हङकङ डलरको फ्ल्याट उपहार दिने कार्यक्रम ल्याएका हुन्।
खोप लगाउने मानिसले मात्र यस उपहार कार्यक्रमको लागि हुने चिठ्ठाको लागि आवेदन दिन पाउने बताइएको थियो।
यस कार्यक्रम सेप्टेम्बर १ मा समाप्त हुँदैछ। यस फ्ल्याट उपहार कार्यक्रम सुरुवात भएको केहीदिनमा नै खोप लगाएका ३ लाख ३८ हजार मानिसले उपहार पाउन भनेर आवेदन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यसको अर्थ हङकङमा खोप लगाउन नचाहने मानिसलाई उपहार कार्यक्रमले आकर्षित गरेको छ। एससीएमपी
सान यान सेन मेमोरियल पार्कको कम्युनिटी भ्याक्सिन सेन्टरमा खोप लगाउन उपस्थित भएका मासिहरु

प्रतिक्रिया