हङकङको प्रजातन्त्र पक्षधर पत्रिका एप्पल डेली २६ वर्षपछि बन्द, अन्तिम अंक प्रकाशित हुने

हङकङको प्रजातन्त्र पक्षधर पत्रिका एप्पल डेली २६ वर्षपछि बन्द, अन्तिम अंक प्रकाशित हुने

नेपालखबर
असार ९, २०७८ बुधबार १२:४८,

राष्ट्रिय सुरक्षा कानुनको घेरामा रहेको यस पत्रिकाको सम्पत्ति फ्रिज भएपछि पत्रिका बन्दको संघारमा पुगेको हो।

प्रकाशन हुन थालेको २६ वर्षपछि बुधबार मध्यरातबाट यो पत्रिका बन्द गर्ने निर्णय भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

बिहीबार अन्तिम अंक प्रकाशित हुँदै पत्रिका बन्द हुनेछ।एप्पल डेली मुख्यक्षेत्र चीन सरकारप्रति आलोचनात्मक भएको बताइन्छ।

सन् २०१९ मा एप्पल डेलीले हङकङ र चीनलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धात्मक नियमहरु लगाउनु माग गर्दै ३० भन्दा बढी लेख छापेको प्रहरीले बताएका थिए।

एप्पल डेलीका संस्थापक जिमी लाई सन् २०१९ को सरकारविरुद्धको आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।

हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो। हाल पनि उनी हिरासतमै छन्।

यसबीचमा हालै राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेकै आरोपमा एप्पल डेलीमा छापा हानिएको थियो।

५ सय प्रहरीले छापामार्दा सो क्रममा पत्रिकाका प्रधान सम्पादक राएन लसहित पाँच जना गिरफ्तार भएका थिए।

अन्य गिरफ्तार हुनेमा पत्रिकाका सीईओ चिउङ किम–हङ, सीओओ चो तात–क्युन, सहसम्पादक चान पुईमान तथा कार्यकारी सम्पादक चिउङ चि–वाई रहेका थिए।

हाल एप्पल डेलीको बैंक खातामा भएको एक करोड ८० लाख हङकङ डलरलाई फ्रिज गरिएको छ।

सो सम्पत्ति फुकुवा नभएपछि आर्थिक संकटमा रहेको एप्पल डेली पत्रिका बन्द गर्नुपरेको बताइएको छ।

अन्तिम अनलाईन लेखमा एप्पल डेलीले भनेको छ,‘एप्पल डेलीका पाठकहरु, ग्राहकहरु, विज्ञापनदाताहरु र हङकङबासीलाई यहाँहरुको २६ वर्षको साथको लागि धन्यवाद दिन चाहन्छौ, हामी विदा हुन्छौ आफ्नो ख्याल गर्नुहोला।’ एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .