हङकङमा एक लाख प्रदर्शनकारीले ३२ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रदर्शन गर्ने

हङकङमा एक लाख प्रदर्शनकारीले ३२ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रदर्शन गर्ने

नेपालखबर
भदौ ६, २०७६ शुक्रबार ६:४४,

हङकङमा चलिरहेको सुपुर्दगी विधेयकविरुद्दको आन्दोनललाई प्रदर्शनकारीहरुले नयाँ रुप दिने भएका छन्।

आन्दोलनकारीहरुले ‘बाल्टिक वे’ को नक्कल गर्दै ‘हङकङ वे’ को नाममा शुक्रबार साँझ ७ बजे ८ बजेसम्म १ घण्टा एक लाख प्रदर्शनकारी सडकमा उतार्ने भएका हुन्।

सडक यातायातमा अवरोध पुर्याउन १ लाख प्रदर्शनकारीहरुले ३३ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रदर्शन गर्ने तयारी भइरहेको छ।

आयोजकका अनुसार हजारौं आन्दोलनकारीहरूले सहरका तीन प्रमुख रेल सेवाहरु चुन वान लाइन, क्वुन तोङ लाइन र आइल्यान्ड लाइन स्टेसनको बाहिर हातमा हात मिलाई मानव साङ्लो बनाउने भएका हुन्।

 

जसमा चुन वान लाइनमा चुन वानदेखि चिम सा शुई तथा होम होम वाम्पोआसम्म, क्वुन तोङ लाइनमा प्रिन्स एडवार्डबाट याउ तोङसम्म र आइल्यान्ड लाइनमा केनेडी टाउनबाट साउकी कि वा सम्म मानव साङ्लो निर्माण गर्नेछन।

सन १९८९ मा तात्कालिन सोभियत युनियनबाट स्वतन्त्रताको संघर्षको लागि बाल्टिक राज्यहरु इस्टोनिया, लात्भिया र लुथुनियाका २० लाख जनताहरुले ६०० किलोमिटर लामो मानव साङ्लो बनाएका थिए। आयोजकले उक्त प्रदर्शनलाई ‘हङकङ वे’ नाम दिँदै सबौलाई साझ ७ बजे रेल स्टेसनको बाहिर भेला हुन उर्दी जारी गरेको छ।त्यसपछि उनीहरुले मानव साङ्लोको निर्माण गर्दै यातायात ठप्प पार्नेछन्।

आयोजकले प्रदर्शनको फर्म्याट ईस्टोनिया आन्दोलन आधारित भएको बताएको छ। प्रदर्शनको उद्देश्य हङकङको आन्दोलनलाई अन्तर्राष्ट्रिय जागरूकता दिलाउनु रहेको बताउँदै सहभागीहरुलाई सडक किनारमा शान्त रहन आग्रह गरेको छ। उक्त ‘हङकङ वे’ प्रदर्शन ३२।६ किलोमिटर हुनेछ भने मानव साङ्लो निर्माण गर्न १ लाखभन्दा बढी मानिसको आवश्यकता पर्दछ। तर उक्त मानव साङ्लो खण्डित नहुन सडक किनारमा उभिने वा सडक मै उभिने भन्ने कुरामा आयोजक नै दोधारमा परेको छ।

यातायात विभागका प्रवक्ताका अनुसार आपतकालीन यातायात समन्वय केन्द्रले सडक यातायात बस्तुस्थिति र सार्वजनिक यातायात सेवाहरूको अनुगमन गर्नेछ र यातायात तथा यातायात व्यवस्थाको समन्वय र कार्यान्वयन गर्न प्रहरी र सार्वजनिक यातायात सञ्चालकहरूसँग नियमित सम्पर्क जारी राख्ने बताएको छ। रेल कम्पनीले उक्त अबरोधबारे सबै स्टेसनको अनुगमन गर्दै व्यवस्था कायम गर्न कर्मचारीहरु खटाउने बताएको छ।

हङकङमा जारी आन्दोलन १२ औँ हप्तामा प्रवेश गरेको छ। आन्दोलनकारीहरुले सरकारलाई दबाब दिन थप आन्दोलन गर्ने भएका छन्। जसमा अन्तर्राष्ट्रिय विमानास्थल चेप लाप कोक जाने यातायात समेत ठप्प पार्ने कार्यक्रम रहेको बताइएको छ।

गत हप्ता आन्दोलनकारीहरुले एयरपोर्टमा लगातार ५ दिनसम्म धर्ना दिएका थिए। उक्त धर्नामा हिंसासमेत भड्किएको थियो। त्यसपछि अदालतले आन्दोलनकारीहरुको प्रदर्शन गैर कानुनी भन्दै आन्तरिकमा आदेश दिएको थियो जुन आज शुक्रबार समाप्त हुँदैछ। एयरपोर्ट अथिरिटीले आज पुनः अदालतलाई आन्तरिम आदेश थप गर्न आवेदन दिएको छ। भोलि शनिबार आन्दोलनकारीहरुले क्वुन तोङमा ठूलो जुलुस निकाल्ने भएका छन्। केही समय यता आन्दोलन तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको छ।

गत आइतबार ह्युमन राईट्स फ्रन्ट्सले आयोजना गरेको बिरोध जुलुसमा १७ लाख मानिस उपस्थित भएको आयोजकले दाबी गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .