हङकङका प्रदर्शनकारीले मन्त्रीलाई २० मिनेट बन्दी बनाए

हङकङका प्रदर्शनकारीले मन्त्रीलाई २० मिनेट बन्दी बनाए

नेपालखबर
असोज ५, २०७६ आइतबार १०:३८,

शनिबार आन्दोलन १६ औं हप्तामा प्रवेश गरेको थियो। त्यस दिन प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए।

 आइतबार भने प्रदर्शनकारीले हङकङका एक मन्त्रीलाई केही समयका लागि बन्दी बनाएको एससीएमपीले जनाएको छ।

 चीनको संवैधानिक तथा विदेश मामिला हेर्ने हङकङका मन्त्री प्याट्रिक निपलाई प्रदर्शनकारीले उनकै कार भित्र २० मिनेट बन्दी बनाएका हुन्।

 प्याट्रिक निप राष्ट्रिय दिन मनाउने समारोहमा आइतबार ग्रेटबर बे क्षेत्रमा आयोजित कार्यक्रममा अतिथिका रुपमा पुगेका थिए।

 त्यहाँ उनले भाषण दिने क्रममा सयभन्दा बढीको संख्यमा आएका प्रदर्शनकारीले उनलाई घेराबन्दी गरेर बन्दी बनाएका थिए।

Protesters burn the national flag in Tuen Mun. Photo: Sam Tsang

चीनको झण्डा जलाउन खोज्दै प्रदर्शनकारी

प्रदर्शनकारीको कार्यमाथि प्रहरीले हस्तक्षेप गरेपछि बन्दी भएको २० मिनेटमा मन्त्री प्याट्रिक प्रदर्शनकारीबाट मुक्त भएका थिए।

 शनिबार हङकङमा प्रदर्शनकारीहरुले सडकमै आगो बालेर सरकार विरोधी प्रदर्शन गरेका थिए। उनीहरुले चिनियाँ झण्डासमेत जलाएका थिए।

प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङलाई मुक्त गरजस्ता ब्यानर बोकेका छन्।

प्रदर्शनका क्रममा शनिबार राति १३ वर्षका एक किशोर र किशोरी प्रदर्शनकारी प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

आइबार प्रदर्शनका क्रममा हङकङका केही एमटीआर रेल सेवाहरु बन्द भएका छन् भने प्रदर्शनकारीले तोडफोड गर्ने त्रासका बीच हुवावेसहित अन्य चिनियाँ कम्पनीहरु त्यहाँ बन्द गरिएका छन्।

Image result for trump please liberate hong kong protest in hong kong

सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका छन्।

आन्दोलन हिंस्रक बन्दै गएपछि केही समय अगाडिमात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।

यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।

लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .