हङकङका प्रदर्शनकारीले कुटपिट गरेका चिनियाँ पत्रकार पुरस्कृत

हङकङका प्रदर्शनकारीले कुटपिट गरेका चिनियाँ पत्रकार पुरस्कृत

नेपालखबर
असोज ६, २०७६ सोमबार ११:२७,

हङकङको विषयमा सशक्त रिपोर्टिङ गरेको भन्दै चीनको पत्रिका ग्लोबल टाइम्सले पत्रकार फु ग्वाहोलाई एक लाख युआनसहित पुरस्कार प्रदान गरेको एससीएमपीले जनाएको छ।

मुख्य क्षेत्र चीनस्थित ग्लोबल टाइम्सका लागि पत्रकारिता गरिरहेका रिपोर्टर फु ग्वाहोलाई प्रदर्शनकारीले गत अगस्ट १३ मा हात बाँधेरै कुटपिट गरेका थिए।

प्रदर्शको रिपोर्टिङ गर्न गएका उनलाई प्रदर्शनकारीले पत्रकारको परिचयपत्र देखाउन भनेका थिए। उनले त्यो नमानेपछि प्रदर्शनकारीले उनको झोला खोतलेका थिए।

Mainland journalist Fu Guohao (centre) at the Global Times awards ceremony on Sunday. Photo: Weibo

उनले ‘मलाई हङकङ प्रहरी मनपर्छ’ भन्ने टिसर्ट बोकेको देखेपछि प्रदर्शनकारीले कुटपिट गरेका थिए।

सो घटनालाई ग्लोबल टाइम्सले पत्रकार फु ग्वाहोको साहसिक कार्यको रुपमा चित्रण गरेको छ।

यसैबीच हङकङको प्रदर्शन १६ औं हप्तामा प्रवेश गर्दासमेत सरकार विरोधी प्रदर्शन रोकिन सकेको छैन।

Hard-core demonstrators attack the Chinese flag during violent unrest at New Town Plaza shopping centre in Sha Tin on Sunday, provoking an angry response from state media. Photo: AFP

आइतबार हङकङका नागरिकले चिनियाँ झण्डामा कालो मोसो दलेर कुल्चिएका थिए। सडकमा आगो बालेर सरकारको विरोध गरेका थिए।

सोमबार हङकङ नागरिकले चिनियाँ झण्डाको अपमान गर्नु निन्दनीय भएको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .