हङकङ निवासी विकासले नेपालमा जिते अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता

हङकङ निवासी विकासले नेपालमा जिते अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता

मगेन्द्र राई
असोज ८, २०७६ बुधबार १०:२६,

कास्कीको पोखरामा मंगलबार सम्पन्न सिनियर आइटिएफ ग्रेड ४ टेनिस च्याम्पियनसिपको उपाधि हङकङ निवासी गुरुङले जितेका हुन्।

मङ्गलबार सम्पन्न फाईनल खेलमा ३५ प्लस उमेर समूहतर्फ बिकासले सन्जय कुमार श्रेष्ठलाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरेका हुन्।

खेल पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजना भएको थियो।

पहिलो सेटमा भेराईटी ट्याक्टिसले श्रेष्ठमाथि दबाब सिर्जना बिकासले ६–२ को स्कोरमा खेल आफ्नो पक्षमा परेका थिए।

दोश्रो सेट कम ब्याक गर्ने गर्ने प्रयास गरेका श्रेष्ठले गुरुङमाथि दबाब सिर्जना गरे पनि अन्ततः गुरुङले ६–४ को स्कोरमा च्याम्पियनसिप सेट हात पारेका थिए।

‘हङकङबाट नेपाल पुगेर आइटिएफ जस्तो अन्तर्राष्ट्रिय खेल जित्नु भयो, कस्तो लागिरहेको छ?’ भनेर नेपालखबरले सोधेको प्रश्नमा बिकासले भने,‘अत्यन्तै खुशी लागेको छ, यो उपाधि मेरो टेनिस यात्राको सबैभन्दा ठूलो उपाधि हो, त्यसमाथि आफ्नै गृह शहरमा आयोजना भएको प्रतियोगिता जित्नुमा छुट्टै आनन्द आउँदो रहेछ। फेरि कर्मभूमी हङकङबाट आएर उक्त प्रतियोगिता जित्नु अर्को खुशीको कुरा हो, हङकङको हाम्रो सस्था हङकङ नेप्लिज टेनिस सोसाइटीले निर्माण गरिदिएको कोर्टमा खेलेर जित हासिल गर्ने मौका जुर्नु अझ ठूलो संयोग भएको छ, यो खुशीको घडीमा म सम्पुर्ण हङकङ बासी, टेनिस सोसाइटी परिवार, शुभचिन्तकहरु बीच बाड्न चाहन्छु।’

बिकासको यो जितसँगै सिनियर आईटिएफ विश्व बरियतामा उनको नाम अङ्कित हुनेछ। उनले पाएको आईपिनले विश्वभरी सन्चालन हुने सिनियर आईटिएफ प्रतियोगितामा निर्बाध भाग लिन पाउनेछन।

कास्की जिल्ला लन टेनिस एसोसिएसन र एनआईसी एशिया बैंकको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा मेन्स सिङ्गल्स र डबल्स बिधामा भारत र नेपालका ३५ प्लस, ४५ प्लस र ५५ प्लस उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .