हङकङमा आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप

हङकङमा आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप

मगेन्द्र राई
असोज १५, २०७६ बुधबार १५:३४,

चीनको राजधानी बेजिङमा गत मंगलबार जनवादी गणतन्त्र स्थापनाको ७०औँ राष्ट्रिय दिवस मनाउदै शक्ती प्रदर्शन गरिरहेको बेला चीनकै बिशेष प्रशासकीय क्षेत्र हङकङमा भने आन्दोलनकारी र प्रहरीबीच व्यापक हिंसात्मक मुठभेड भएको छ।

आन्दोलनकारीहरुले प्रहरीमाथि सांघातिक हमला गर्दा प्रतिकारस्वरुप गोली चलाउँदा १८ वर्षीय एक जना युवा गम्भीर घाइते भएका थिए। उक्त झपडमा २६९ आन्दोलनकारीहरु पक्राउ परेको प्रहरी सुत्रले बताएको छ। जसमा १२ देखि ७१ वर्ष बिचका १७८ पुरुष र ९१ महिला रहेका छन।

पक्राउ परेका महिलाहरुमध्ये १ नेपाली र १ पाकिस्तानी समेत रहेको बुझिएको छ। उनीहरूलाई आपत्तिजनक हतियार बोकेको, गैरकानुनी भेला भएको लगायतका अपराधमा पक्राउ गरेको प्रहरीले बताएको छ।

सहायक प्रहरी प्रमुख ताङ पिङ केउङका अनुसार उक्त झडपमा ३० प्रहरी अधिकारीहरु घाइते भएको तथा ५ जना अझै अस्पतालमा उपचार गराईरहेको बताएका छन्। जसमध्ये एक प्रहरी अधिकारीलाई चुन मुनमा आन्दोलनकारीले तेजाबद्वारा आक्रमण गर्दा शरीरको केही भाग जलेको बताईएको छ।

'हङकङको समाज यस्ता अप्रत्याशित दुखद घटनाहरूले क्षत बिक्षत भएको देख्दा म साह्रै निराश छु' ताङले भने। मुठभेडमा प्रहरीले १४०० अश्रुग्यास, ९०० रबर गोली, १९० बिन ब्याग र ६ गोली फायर गरेको बताएको छ।

अमेरिका र चीनबीच अर्को हप्ता वाशिंगटनमा व्यापारिक छलफल पुनः सुरु गर्ने तयारीमा जुटिरहेको बेला यो घटनाले असर पार्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .