हङकङमा अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध, उल्लंघन गरे कति तिर्नुपर्छ जरिवाना?

हङकङमा अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध, उल्लंघन गरे कति तिर्नुपर्छ जरिवाना?

हङकङले अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध लगाउँदै छ (जेली से)


नेपालखबर
चैत ९, २०८० शुक्रबार १४:१०, काठमाडौँ

हङकङले अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध लगाउँदै छ। योसँगै रेस्टुराँहरुले स्टिरोफोम कन्टेनर (खाना राख्न प्रयोग गरिने प्लास्टिकका वस्तु), प्रयोगपछि फ्याँकिने प्लास्टिकका चम्चालगायत, प्लास्टिकका प्लेट, तरल पिउँदा प्रयोग गरिने स्ट्रलगायत पाउनेछैनन्।  

यी सबै रेस्टुराँमा बसेर खाने वा खाना घरमै लैजानेका लागि प्रयोग हुने प्लास्टिकका वस्तुहरु हुन्। 

त्यस्तै क्याटरिङ व्यवसायमा समेत प्लास्टिकका कप र बक्स प्रयोगमा प्रतिबन्ध लाग्नेछ। त्यतिमात्र नभई ग्लो स्टिक, थन्डर स्टिक्स, प्लास्टिकयुक्त कटनबडहरु समेत बेच्न निषेध गरिनेछ। 

उक्त प्रतिबन्धले हङकङमा प्लास्टिकजन्य प्रयोगलाई निरुत्साहन गर्ने देखिएको छ। प्लास्टिकले मात्रै बनेका वस्तुको प्रयोग नहुँदा कागज, काठ र बाँसका वैकल्पिक वस्तुको प्रयोग र व्यवसाय बढ्ने देखिएको छ। 

कतिपय अनलाइन शपिङहरुले प्लास्टिकजन्य वस्तुको बिक्री छाडिसकेको समेत देखिएको छ। 

प्रतिबन्ध उल्लंघन गर्ने व्यवसायलाई १ लाख हङकङ डलरसम्मको जरिवाना तोकिएको छ। यसबाहेक निश्चित दण्ड जरिवाना प्रणाली समेत लागू गरिने बताइएको छ। यसअनुसार क्याटरिङ तथा खुद्रा बिक्रेतालाई प्रतिबन्ध उल्लंघन गरेको पाइए २ हजार एचके डलर जरिवाना हुन सक्नेछ। 

अप्रिल २२ मा कार्यान्वयनमा आउने उक्त प्रतिबन्धको ग्रेस अवधि ६ महिना राखिएको छ। ग्रेस अवधिमा उल्लंघन गर्नेलाई सुरुमा सम्झाइबुझाइ गर्ने र बारम्बार दोहोर्याए दण्डित गर्न सकिने सरकारी अधिकारीहरुले चेतावनी दिइसकेका छन्। एससीएमपीबाट। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .