हङकङमा सम्पन्न च्याम्पियनसिप टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङलाई

हङकङमा सम्पन्न च्याम्पियनसिप टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङलाई

सन्तोष तामाङ
कात्तिक १४, २०८१ बुधबार ७:२४, हङकङ

हङकङमा हङकङ नेप्लिज टेनिस सोसाइटीले आयोजना गरेको १३औँ वार्षिक च्याम्पियनसिप  टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङले जितेका छन्। 

चुनमुनस्थित ताङ सिउकिन स्पोर्ट्स ग्राउन्डमा गत आइतबार सम्पन्न प्रतियोगितमा शीर्ष वरीयताका गुरुङले मगेन्द्र राईलाई ८-२ को अन्तरले हराउँदै उपाधि हात पारेका हुन्। 

प्रतियोगितामा प्रकाश गुरुङ सेकेन्ड रनर अप भए। 

खेल राउन्ड रोबिन सिक्स गेम प्रो सेट १ को फर्म्याटमा खेलाइएको थियो भने फाइनल ८ गेम्समा खेलाइएको थियो। प्रतियोगितामा दर्जन खेलाडीको सहभागिता थियो।

सोसाइटीले हरेक वर्ष प्रतियोगिता आयोजना गर्छ। साथै मासिक रूपमा लिग प्रतियोगिता तथा विभिन्न राष्ट्रका खेलाडीलाई सम्मिलित गराई नेसन्स कप पनि आयोजना गर्ने गरेको छ। 

त्यसका साथै टेनिस सिक्न चाहने नेपालीहरूलाई नि:शुल्क टेनिस सिकाउँछ। 

थ्री एफ अर्थात् फिट्नेस, फन र फ्रेन्डसिपको अवधारणामा सन् २०१० मा टेनिस सोसाइटी स्थापना गरिएको हो।

सोसाइटीले टेनिस खेललगायत सामाजिक सेवा, विकास निर्माणमा समेत काम गरिरहेको छ।

सोसाइटीले भविष्यमा नेपाल र बेलायत टेनिस टुर गर्ने योजना नेपालखबरलाई जानकारी दिएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .