अस्ट्रेलियाको मेलबर्न पार्कमा बुधबारदेखि जारी अस्ट्रेलियन ओपनसम्बद्ध ‘एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी’ प्रतियोगितामा नेपालकी शिभाली गुरुङ तेस्रो स्थानका लागि भिड्ने भएकी छन्।
आज (बिहीबार) भएको ग्रुप एको सेमिफाइनलमा जित हासिल गर्न नसके पनि उनले तेस्रो स्थानका लागि शुक्रबार प्ले अफ म्याच खेल्ने अवसर पाएकी हुन्।
यसअघि बुधबारका २ खेलमध्ये एकमा जित र एकमा हार गरेकी शिभालीले आज पनि यस्तै नतिजा ल्याएकी थिइन्।
आजको पहिलो म्याचमा उनले न्युजिल्यान्डकी जोस्लिन केलाई ६-०, ६-१ को सहज अन्तरमा हराइन्।
सुरुबाटै कस्सिस्टेन्ट र भराइटी स्ट्रोक प्रहार गर्न सफल शिभालीले पहिलो सेट ‘बेगल’ गरिन्।
दोस्रो सेटमा पनि त्यही लय पछ्याउँदै उनी ६-१ को फराकिलो जितका साथ सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
तर त्यसपछि भएको सेमिफाइनल खेलमा उनी अस्ट्रेलियाकी म्युसेमा सिलेकसँग हार्न पुगिन्।
पहिलो म्याच ‘डोमिनेट फ्यासन’मा जितेकी शिभालीले यसलाई निरन्तरता दिन नसक्दा सेमिफाइनल जित्न सकिनन्।
उनलाई तेस्रो वरीयताकी सिलेकको पावर फुल सर्भ र ग्राउन्ड स्ट्रोकले न्युट्रिलाइज गराइन्।
निकै अग्ली सिलेकको हाइट अडभान्टेज पनि कामयाबी बन्यो। जसका कारण शिभालीले पहिलो सेट १-६ को फराकिलो अन्तरमा गुमाइन्।

दोस्रो सेटमा भने शिभालीले राम्रो कम ब्याक गरेकी थिइन्।
विपक्षीलाई निकै दबाब सिर्जना गरेकी शिभाली कतिपय क्रुसियल मोभमेन्ट कन्भर्ट गर्न चुकिन्।
फलत: उनी प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट ४-६ को अन्तरमा पराजित भइन्।
यद्यपि शिभाली शुक्रबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छिन्।
ग्रुप ‘ए’का चार खेलाडीबिचको प्रतिस्पर्धामा उत्रिएकी शिभाली समूहका कुल ३ खेलमा २ जित र १ हार गरी ४ प्वइन्टसहित दोस्रो स्थानमा छिन्।
शुक्रबार शिभाली जापानकी अवोई योसिडासँग सिङ्गल्स प्ले अफ म्याच खेल्नेछिन्।
सोही दिन मिन्स सिङ्गल्सका दुई सेमिफाइनल खेल पनि हुनेछन्।
जसमा विश्व वरीयतामा पहिलो नम्बरका कार्लोस आल्काराज र तेस्रो स्थानका अलेक्स्जेन्डर भेरेभ तथा वरीयतामा दोस्रो नम्बरका यानिक सिनर र चौथो स्थानका नोभाक जोकोभिचबिच सनसनीपूर्ण भिडन्त हुनेछ।
Shares

प्रतिक्रिया