छापा खबर


यस वर्ष तिहारमा यस्तो छ सिस्नुपानीको देउसी-भैलो तयारी

यस वर्ष तिहारमा यस्तो छ सिस्नुपानीको देउसी-भैलो तयारी

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ३:२८,

तिहारको देउसी भैलो र सिस्नुपानी नेपाल पर्याय हुन् भन्दा फरक नपर्ला।

रोचक एवं घोचक किसिमका हास्यव्यंग्य प्रस्तुतिका लागि चिनिने सिस्नुपानीले तिहारको माहौलमा आफूलाई फरक रुपले प्रस्तुत गर्दै आएको छ।

फरक यस अर्थमा कि तिहारको यो वातावरणमा सिस्नुपानीले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेतादेखि सर्वसाधारणलाई एकै ठाउँमा जम्मा पारेर मनोरञ्जक प्रस्तुति दिने गरेको छ।

यसपटक सिस्नुपानीले २२ औँ संस्करणको देउसी भैलो कार्यक्रम कात्तिक १० गते लक्ष्मीपूजाको दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा प्रस्तुत गर्दैछ।

सिस्नुपानीले संस्थापक तथा वर्तमा अध्यक्ष लक्ष्मण गाम्नागेका अनुसार यसपटकको संस्करणका लागि तीब्र तयारी भइरहेको छ। यो खबर शुक्रबार प्रकाशित हुने साप्ताहिकले छापेको छ।

संस्थाका संस्थापक सदस्य कवि अर्जुन पराजुली देउसी भैलो कार्यक्रमका लागि आफूहरुले १५ दिनदेखि तयारी गरिरहेको बताउँछन्।

‘यस पटक पनि एउटा हास्यव्यंग्यात्मक कविता सुनाउँछु। त्यो कविता सात मिनेट जतिको हुन्छ,’ अर्जुन भन्छन्, ‘कविताबाचन बाहेक समूहमा रहेर देउसी पनि खेल्छु। कविता सुनाएपछि नेताहरुले राम्रो भनी प्रतिक्रिया दिन्छन्। तर, मलाई नेताको भन्दा जनताको प्रतिक्रिया राम्रो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad