ad ad

छापा खबर


११ र १३ वर्षका दिदी-बहिनीलाई सुईमार्फत् वयस्क बनाएर देहव्यापारमा

११ र १३ वर्षका दिदी-बहिनीलाई सुईमार्फत् वयस्क बनाएर देहव्यापारमा

नेपालखबर
पुस २२, २०७८ बिहिबार ७:०, काठमाडौँ

नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ। 

बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको खबर आजको गोरखापत्र दैनिकमा मित्र भण्डारीले लेखेका छन्।

विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ। त्यसरी बेचिने बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन्।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पुर्याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन) लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो। 

नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताए। उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको जानकारी दिए।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु(याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पुर्याएको बताइन्। बेहोसमा सँगै भारत  पुर्याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले बालिका दिदीबहिनीलाई कलकत्ता पुर्याएर बेच्ने मुख्य अभियुक्त नुवाकोट दुप्चेश्वर–५ की २६ वर्षीया अनिशा तामाङ ‘फूलमाया’लाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ। 

उद्धार गरेर ल्याइएकी टिनाले अनिसा ‘फूलमाया’ले आफूहरूलाई कपनको आकासेधारास्थित एक होटलमा लगेर चाउमिन खुवाएको प्रहरीलाई जानकारी दिएकी छन्। खाजा खाएपछि आफू बेहोस भएको र होस खुल्दा भारतको कोठीमा पुर्याइएको टिनाले बताएकी छन्।

कोठी सञ्चालकले आफूलाई तीन लाख र दिदीलाई दुई लाख भारतीय रुपियाँमा किनेको बताएको र चार वर्ष जबर्जस्ती यौन व्यापारमा लगाएको व्होरा टिनाले उजुरीमा उल्लेख गरेकी छन्। आफ्ना यौनाङ्ग विकास गरी वयस्क देखाउन पटक पटक सुई लगाइएको उनले बताइन्।

ब्युरोकी निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा सिंहले बालिका दिदीबहिनीलाई मुम्बई, इलाहावाद, कलकत्ता तथा कुचविहारका कोठीमा पु¥याइ पुनः पटक पटक बेचिएको जानकारी दिइन्। २०७४ साउनमा भारत पुर्याइएका दिदीबहिनीमध्ये बहिनी टिना खाजा किन्न पठाएको बेला कोठीबाट भाग्न सफल भएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .