छापा खबर


प्रहरी हिरासतमा रहेका रुपज्योतिले भने- मलाई फसाउन सरकारकै मान्छे लागे

प्रहरी हिरासतमा रहेका रुपज्योतिले भने- मलाई फसाउन सरकारकै मान्छे लागे

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ०:१५,

ठगी आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वअर्थ सहायकमन्त्री रुपज्योतिले आफूलाई सरकारकै केही व्यक्तिले नियोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्।

बिहीबार सिंगापुराट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनले आफू निर्दोष रहेको जिकिर गरेका खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन्।

‘म ल्यान्डमार्क कम्पनीको सञ्चालक होइन, केही सेयर रकम मात्रै मिसाएको हुँ,’ प्रहरी हिरासतमा रहेका रुपज्योतिले भने, ‘मेरो बारेमा बाहिर आएका कुरा भ्रमक हुन्, मलाई फसाउन योजनावद्ध तरिकाले लागिएको छ।’

ल्यान्डमार्क डेभलपर्स प्रालीले ०७१ सालमा महाराजगञ्जस्थित बाँसबारी क्षेत्रमा एक प्लट घडेरी बिक्री गरेर एक करोड ३६ लाख ७५ हजार ठगेको आरोप रुपज्योतिमाथि लागेको छ।

तर, आफू उक्त कम्पनीको सञ्चालक नएको दाबी रुपज्योतिको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad