ad ad

छापा खबर


‘बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि’

‘बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि’

नेपालखबर
माघ १९, २०७८ बुधबार ७:१७, काठमाडौँ

सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥याए पनि गाईको गोठमा गोबर सोहोर्ने किसानले पाउने मूल्य भनेको ४० देखि ४५ रुपैयाँ मात्र हो।’

यो खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्। 

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले कुनै अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा दूधको मूल्य बढाएको बताउँछन् । किसानका नाममा सीमित व्यापारीलाई पोस्न सरकारले दूधको मूल्यवृद्धि गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले सरकारले बढाएको मूल्य व्यापारीका लागि नभएर किसानले पाउने दावी गरे। प्रवक्ता सन्जेलले उपभोक्ताले पाउने मूल्य अहिले नबढेको जानकारी दिए।

‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको हो, अहिलेलाई उपभोक्ताका लागि मूल्य निर्धारण भएको छैन, ‘प्रवक्ता सन्जेलले भने ‘कच्चा दूधको मूल्यवृद्धि फ्याट र एसएनएफका आधारमा हुन्छ ।’ सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत कायम गरेको छ । ‘फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन्,’ प्रवक्ता सन्जेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .